सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ ।
जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन ।
दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका हुन । टेलिमेडिसिन सेवा ...