मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रबर्द्धन हाम्रो अभियानका साथ महोत्सव हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । केराबारी प्रवेशद्वार (डिजिटल गेट) निर्माण साथै यहाँको ऐतिहासिक सांस्कृतिक पर्व मच्छिन्द्रनाथ मे