कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुले जान्नै पर्ने ६ प्रश्नको जवाफ

कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि कुन स्तरको संरक्षण प्राप्त हुन्छ भन्नेमा व्यापक अन्यौल रहेको छ । भ्याक्सिन लगाएकाहरुपनि कसरी कोरोनाबाट संक्रमित भए ? के भ्याक्सिनले संक्रमण हुनबाट जोगाउँदैन ? भ्याक्सिन लगाएपछि संक्रमण भएमा त्यस्ता व्यक्तिले अरुलाई सार्न सक्छन् कि सक्दैनन् ? यस्ता कैयन प्रश्नहरु विद्यमान छन् । के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ? कोरोनाबिरुद्धका स्वीकृत भ्याक्सिनहरुले […]

सम्बन्धित सामग्री

कर्णालीमा विद्युत्सम्बन्धी छुट्टै कानुन ल्याइँदै, प्रदेशसभामा विधेयक टेबुल

सुर्खेत । कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन ल्याउन लागिएको हो ।   ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युत्सम्बन्धी विधेयक टेबुल गरिएको छ । आज बसेको दोस्रो अधिवेशनअन्तर्गत २८औं बैठकमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेशसभा नियमावली, २०७९ को नियम १११ (३) अनुसार संसद्मा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरेका हुन् । उनले ‘प्रदेशस्तरमा उपलब्ध जलस्रोतलगायत नवीकरणीय तथा अन्य ऊर्जाका स्रोतलाई दीगोरूपमा अधिकतम् प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।  विद्युत उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउन कानुनी व्यवस्था गर्न आवश्यक भएकाले सो विधेयक ल्याइएको उनको भनाइ थियो ।   यसैबीच प्रदेशसभा सदस्यहरूले विशेष समयमा उठाएका समसामयिक तथा सार्वजनिक चासको विषयलाई मन्त्रीहरूले आजको बैठकमा जवाफ दिएका छन् ।  भौतिक पूर्वाधारमन्त्री मङ्गलबहादुर शाहीले मन्त्रालयको कामलाई चुस्त र दुरुस्त राख्नेगरी काम अगाडि बढिरहेको जानकारी दिए । उनले भौतिक निर्माणतर्फका काम क्षमताले भ्याएसम्म समयमै सक्नेगरी आफू लागिपरेको विश्वास दिलाए ।   मन्त्री शाहीले वर्षाको समयमा कर्णालीमा पुलपुलेसा भत्किने गरेको यसबाट नागरिकलाई आवातजावात गर्न समस्या हुने गरेकाले प्रत्येक जिल्लामा रु ३० लाखका दरले बजेट विनियोजन गरिएको जानकारी दिए ।  ‘अहिले वर्षायामको समयमा बाढीपहिरो आएर पुल पुलेसा र बाटा बिग्रने गरेका छन्, त्यसबाट आम नागरिकको आवातजावातमा समस्या हुने गरेको विषय माननीय सदस्यहरूले उठाउनुभएको छ । त्यसमा हामी गम्भीर छौं,’ उनले भने, ‘हामीसँग पर्याप्त उपकरण र साधन नभए पनि प्रत्येक जिल्लामा समस्या आइपरे तत्काल समाधानका लागि रु ३० लाखका दरले रकम विनियोजन गरेका छौं । त्यति मात्रै होइन, कर्णालीमा निर्माण कार्य गरिरहेका ठेकेदारलाई बाढीपहिरो आएर सडक भत्किए सुधारका लागि सहयोग गर्नुपर्छ भनेका छौं ।’ यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले पशु चौपायमा देखिएको लम्पीस्किन रोग कर्णालीमा फैलिरहेकाले नियन्त्रणमा सबै तहका सरकारले सहकार्य गर्नुपर्ने बताए ।  ‘हामीले भ्याक्सिन लगाएर नियन्त्रण गर्ने प्रयास गर्याैं । तर, त्यो समस्या समाधान हुन सकेन । अहिले पनि पशुहरूमा लम्पीस्किन फैलिरहेको छ, यसको नियन्त्रणमा तीनै तहका सरकारले सहकार्य गर्न आवश्यक छ,’ उनले भने ।   मन्त्री शर्माले गत वर्ष प्रदेश सरकारले दूध उत्पादनमा जोड दिँदै यसमा दिएको अनुदान झन्झटिलो प्रक्रियाका कारण केही किसानले नपाएको बताए । उनले आगामी दिनदेखि देखापरेका कमजोरी हटाउनेगरी मन्त्रालय लागिरहेको बताए ।  यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ पनि मन्त्री कृष्ण जिसीले दिएका थिए । रासस

नोभेम्बर ८ पछि अमेरिका प्रवेशमा भ्याक्सिन अनिवार्यको नियमबारे ७ प्रश्नको जवाफ

आगामी नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलाईमात्र अमेरिका प्रवेश दिइनेछ, अन्यले प्रवेश पाउनेछैनन् । कस्ता व्यक्ति अमेरिका आउन पाउनेछन् ? भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलेमात्र अमेरिका प्रवेश पाउनेछन् । जसको अर्थ एउटामात्र डोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको डोज लगाएको १४ दिन र अन्य भ्याक्सिनको दोश्रो […]