मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर पर्यटकीय रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मकवानपुरको प्रमुख मन्दिरमध्ये एक हो ।पछिल्लो समय यो मन्दिर आन्तरिक पर्यटकको केन्द्र बन्न थालेको छ । शनिबार वा चाडपर्व तथा बिदाका दिनहरूमा यस मन्दिरमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फ ९ किलोमिटर दुरीमा पर्ने यस मन्दिर त्रिभुवन राजपथ कै छेउमा छ । बुढापाकाका अनुसार जंगबहादुर राणाका पालामा राप