महिला मन्त्री तथा नेतृहरुले महिला अधिकारका लागि अझै लड्न बाँकी रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले ३३ प्रतिशतमात्रै अधिकार नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताएकी छन् ।मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले काठमाडौंमा […]