मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा साविक उपाधि च्याम्पियन एट्लेटिको मेड्रिड नयाँ सिजनको ५ खेल सकिँदा दोस्रोपटक बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा पाहुना टोली एट्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको हो । एन्टोनी ग्रिजम्यान र एन्जल कारेरियालाई शुरुआतबाट फ्रन्ट लाइनमा उतारेको खेलमा दोस्रो हाफमा […]