काठमाडौं । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तको अगुवाइमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा त्यहाँ कार्यरत कर्मचारीलाई नेपाली ढाका टोपी लगाइदिएर उडान नियमित गर्न सबैलाई सहकार्यको लागि आह्वान गरिएको थियो । […]