ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ । नवनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिँगान कसरी पुछ्लान् ।’उनले