वृद्ध अवस्थामा पुगेका सासू र ससुरालाई राम्रोसँग हेरचाह गरेको मूल्याङ्कन गर्दै तनहुँको एक गाउँपालिकाले तीन जना बुहारीलाई सम्मान गरेको छ । म्याग्दे गाउँपालिकाले सासु र ससुराको स्याहरसहित सम्मान र माया गर्नेको खोजी गरी ‘असल बुहारी सम्मान कार्यक्रम’ अन्तर्गत सो सम्मान गरेको हो ।