सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र आउँदो वर्ष थप संकटबाट गुज्रने देखाएको हो । कोभिड महामारीयता निरन्तर ओरालो रहेको विश्व अर्थतन्त्र युक्रेनमाथि रुसको आक्रमण र त्यसले निम्ताएका संकटहरूबाट थप ग्रसित छ ।