वीरगन्ज, कलैया र जितपुरमा एमाले उम्मेदवार टुंगो, अरु नगरमा बाँकी

स्थानीय तहको तेस्रो चरणमा वीरगन्ज महानगरपालिका र दुई उपमहानगरपालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। अर्को एक उपमहानगरमा भने टुंगो लगाउन सकेको छैन। एमाले स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिकामा बसुरिद्धिन अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ। त्रिभुवन विश्वविद्यालयले सम्बन्धन स्थगित गरेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक उनी केही समयअघि मात्र माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका…

सम्बन्धित सामग्री

बारा २ मा एमाले उम्मेदवार पौडेलको घरदैलो, खेतमै पुगेर मतदाता भेट्दै

कलैया । बारा २ को उपचुनाव मधेश आन्दोलनका दुई शीर्ष नेता उपेन्द्र यादव र सीके राउतको प्रतिष्ठाको विषय बनिरहेका बेला ओझेलमा परेका एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिएका छन् । अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गइरहेका छन् । अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा […]

कलैया उपमहानगरमा गठबन्धन पछि

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई ५ हजार ६४१ मत पछि पारेका छन् । एमाले उम्मेदवार साहले २१ हजार ८२७ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार यादवले १६ हजार १८६ मत ल्याएका छन् । उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार प्रमोद गुप्तालाई पछि पार्दै एमालेकी उम्मेदवार रौशन परविन ६०७ मतले अग्रता कायम गरेकी छिन् । एमालेकी उम्मेदवार परविनले १७ हजार १५३ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले १६ हजार ५४६ मत ल्याएक

कलैया उपमहानगरमा एमाले उम्मेदवार ३ सय मतले अगाडि

बारा कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रता कायम छ। शुक्रबार बिहानसम्म गणना भएको ७७०२ मतमध्ये एमालेका मेयर उम्मेदवार विनोद प्रसाद साहले २८१७ मत पाएका छन्। उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले २५१३ मत ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा कांग्रेस उम्मेदवार राजेश राय यादवको मत २१६९ छ। माओवादी केन्द्रका उम्मेदवारको १०२४ र राजपाको ९२५…