नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग रहेको छ। चालु आर्थिक वर्षको पहिलो दश महिनामा लेबनानसँग नेपालको व्यापार नाफा १८ करोड ८ लाख ८८ हजार रुपैयाँ रहेको छ। नेपालले १४६ देशसँग व्यापार गर्दै आएको छ, जसमध्ये २७ देशसँग मात्र व्यापार नाफा रहेको छ। पछिल्लो १० महिनामा नेपालले लेबनानमा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात गरेको छ।

सम्बन्धित सामग्री

७ महीनामा वाणिज्य बैंकहरूले कमाए ४१ अर्बभन्दा बढी नाफा, नबिल बैकको सबैभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको सात महीना (साउनदेखि माघसम्म)मा २२ वाणिज्य बैंकहरूले कुल रू. ४१ अर्ब ३ करोड नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ । २२ वाणिज्य बैंकहरूमध्ये नबिल बैंकले सबैभन्दा बढी रू. ४ अर्ब १३ करोड नाफा कमाएको छ ।  नबिल बैंकपछि तीन बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले रू. ३ अर्ब ६८ करोड, ग्लोबल आइएमई बैंकले रू. ३ अर्ब ५५ करोड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ७ करोड नाफा कमाएका छन् ।  उक्त अवधिमा कृषि विकास बैंकले सबैभन्दा कम रू. १० करोड नाफा कमाएको छ । पुस मसान्तसम्म यो बैंक रू. १ अर्ब २८ करोड घाटामा थियो । यस आधारमा बैंकको नाफामा सुधार आएको छ ।  यसैगरी सिभिल बैंकले रू. ७८ करोड नाफा कमाएको छ । हाल भने सिभिल बैंक हिमालयन बैंकसँग गाभिएर फागुन १२ गतेदेखि एकीकृत कारोबार भइसकेको छ ।   त्यस्तै सन्राइज बैंकले रू. ८६ करोड नाफा कमाएको छ । यीबाहेक अन्य बैंकले १ अर्बभन्दा धेरै नाफा कमाएका छन् । कसले कति कमाए ?

यी १० देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं, १९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार नाफा रहेका १० देशमा डेनमार्क, अमेरिका,अल्जेरिया, कम्बोडिया, रोमानिया, नर्वे,उरुग्वे, लाट्भीया, न्यु क्यालेडोनिया र क्रोएसिया रहेका छन्। भन्सार विभागका अनुसार डेनमार्कसँग ३४करोड४६लाख, अमेरिकासँग १३करोड६३लाख, अल्जेरियासँग ७करोड३०लाख, कम्बोडियासँग ६करोड६८लाख, रोमानियासँग ५करोड१५लाख, नर्वेसँग ४करोड९४लाख, लाट्भीयासँग १करोड१२लाख, न्यु क्यालेडोनियासँग १करोड८लाख र क्रोएसियासँग ८४लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग

काठमाडौं, १३ माघ। नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्क र अमेरिकासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना(साउन–पुस)सम्म डेनमार्कसँग ३४ करोड ४६ लाख ३० हजार रुपैयाँ र अमेरिकासँग १३ करोड ६३लाख १७हजार रुपैयाँ व्यापार नाफामा रहेको छ। सो अवधिमा नेपालले डेनमार्कमा ५३करोड ४८लाख १५हजार रुपैयाँ र अमेरिकामा ९अर्ब १२करोड २०लाख २९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

यी पाँच देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार नाफा क्रमसः अमेरिका, अल्जेरिया, कम्बोडिया, रोमानिया र उरुग्वेसँग रहेको छ। भन्सार विभागका अनसार अमेरिकासँग ११ करोड ५४ लाख ९ हजार, अल्जेरियासँग ७ करोड ३० लाख ३४ हजार, कम्बोडियासँग ७ करोड ५लाख ८९हजार, रोमानियासँग ६करोड ४४लाख ७८हजार र उरुग्वेसँग ४करोड ११लाख ९६हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनान र सुडानसँग

काठमाडौं।नेपालको सबैभन्दा ठूलो व्यापार नाफा लेबनान र सुडानसँग रहेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८मा लेबनानसँग १८ करोड १४ लाख १० हजार रुपैयाँ र सुडानसँग ७ करोड ३० लाख ७५ हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।सो अवधिमा नेपालबाट लेबनानमा १९ करोड १२ लाख ८९ हजार रुपैयाँको र सुडानमा ७ करोड ७९ लाख ५० हजारको वस्तु निर्यात भएको छ।

यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश

काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

आयल निगमले कमायो सबैभन्दा बढी नाफा

काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।