कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।...

सम्बन्धित सामग्री

बालबालिका जोखिमपूर्ण भवनमा

दोलखा सदरमुकाम चरीकोटबाट करिब दुई किलोमिटर तल लामोसाँघु–जिरी सडकमुनि भूकम्पले जीर्ण बनेको भवन रहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने भवन भित्र हेर्दा भने ठाउँ–ठाउँमा चिरिएको छ । यसै भवनमा खोखिमपूर्ण तवरले गौरीशङ्कर बालगृह चलाइएको छ । बाल सङ्गठन दोलखाले जिम्मा लिएको भवन भूकम्पले जीर्ण बने पनि न अर्को नयाँ भवन बन्यो, न मर्मत नै भयो । नेदरल्यान्डस् अन्तर्राष्ट्रिय बालकल्याण सङ्गठन तथा नेपाल बाल सङ्गठनको संयुक्त सहयोगमा निर्माण गरिएको बालगृहको २०५३ साल कात्तिक ३० गते तत्कालीन कार्यवाहक प्रधानमन्त्री एवं श्रममन्त्री बलबहादुर राईले उद्घाटन गर्नुभएको थियो ।