वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन परिणामबाट सन्तुष्ट हुन नसकेको नेकपा एकीकृत समाजवादीले अब पार्टीको सम्पूर्ण शक्ति मंसिरमा हुने निर्वाचनमा केन्द्रित गर्ने भएको छ । सो पार्टीले कात्तिक अन्तिम वा मंसिर पहिलो साता हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिलेबाटै तयारी सुरु गरेको हो ।काठमाडौमा मंगलबारबाट सुरु भएको सो पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा रिपोर्ट पेश गर्दै अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचन भन्दा पनि अब हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ब