सेयर बजारमा अहिलेसम्मकै उच्च कारोबार

काठमाडौं। साताको पहिलो दिन आज आइतबार सेयर बजार १२ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १२ अंकले बढ्दै २८ सय २७ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज अहिलेसम्मकै सबैभन्दा बढी १६ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसअघि सबैभन्दा बढी १४ अर्बको कारोबार भएको थियो।

सम्बन्धित सामग्री

कारोबार र पुँजीकरण अहिलेसम्मकै उच्च

सेयर बजारमा उच्च विन्दुको रेकर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । आइतबार खुलेको बजारमा सेयर बजारमापक नेप्से परिसूचक मात्रै बढेन । कारोबार रकम र बजार पुँजीकरणले अहिलेसम्मकै रेकर्डलाई ब्रेक गर्दै ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आइतबार ९४ अङ्कले उकालो लागेको बजारमा कारोबार रकमले २६ अर्ब रुपियाँ पछ्याएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब नाघेको छ । उकालो क्रममा लागेको सेयर बजारले साढे २८ सयको विन्दु पार गरेको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे २५ अर्बमाथि लागेको छ ।

सेयर बजारमा बन्यो नयाँ रेकर्ड, बजार पहिलोपटक २६०० अंक माथि, कारोबारमा पनि सुधार

काठमाडौं। मंगलबार सेयर बजार सूचकले २६०० अंकको बिन्दु पार गरेको छ। यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु

सेयर बजार फेरि उच्च अंकमा, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

सेयर बजारको परिसूचक नेप्से बिहीबार १५.९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि बन्द बजारमा परिसूचक अहिलेसम्मकै उच्च अंक २१९४ कायम भएको छ।