पर्सा–१ मा यादवलाई जिताउन महिला नेता कार्यकर्ता मतदाताको घरदैलोमा

वीरगञ्ज, १६ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन जसपाका महिला नेतृ र कार्यकर्ताहरुले पनि मतदातासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । समाजवादी महिला सङ्घ मधेश प्रदेशकी उपाध्यक्ष पीङ्की यादवको अगुवाइमा महिला नेता कार्यकर्ताहरुले दिनहु घरदैलो गर्दै मतदातालाई भेटेर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारका लागि मत मागिरहेका छन् । यसैक्रममा बुधबार बिहान […]

सम्बन्धित सामग्री

नातेदार उम्मेदवार

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी मेनकाकुमारी पोख्रेलले असोज १ गते जागिरबाट राजीनामा दिइन् । त्यसको दुई दिनपछि उनको नाम एमालेले प्रतिनिधिसभाको समानुपातिक सूचीमा १ नम्बरमा राख्यो । निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा उनको नाम खसआर्य (महिला) क्लस्टरमा छ । उनी एमालेकी पुरानै कार्यकर्ता भए पनि राजनीतिमा कमै सक्रिय थिइन् । एमालेमा पोख्रेलभन्दा वरिष्ठ र बढी योगदान गरेका महिला नेता नभएका होइनन् । तर पार्टी महासचिव दाजु शंकर पोख्रेलको सामर्थ्यले उनलाई सहजै संघीय सांसद बन्ने बाटो खुलायो ।