सूचना प्रविधिको विकासक्रमले विश्वभर ठूलो फड्को मारेको छ । आजको युग सूचना र सञ्चारको युग हो ।
परापूर्वकालमा परेवाको खुट्टामा चिठीपत्र बाँधेर सूचना ओसारपसार गरिन्थ्यो भन्ने जोकोहीले सुनेकै हुनुपर्छ । त्यो समयदेखि आजको दुनियाँसम्म आइपुग्दा सूचना तथा सञ्चारको प्रविधिमा अतुलनीय विकास भएको कुरालाई नकार्न सकिँदैन ।
वर्तमान युगमा सूचना प्रवाह गर्ने धेरै माध्यमको विकास भएको छ । आजको पुस्ता रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरूदेखि लिएर सामाजिक सञ्जालका विभिन्न माध्यमहरू जस्तैः फेसबूक, ट्विटर, यूट्युब, इन्स्टाग्राम लगायतका क्ष...