अदानी प्रकरणपछि नेपालमा उठेको प्रश्न : एउटै व्यापारिक समूहका कम्पनीमा लगानी कति सुरक्षित ?

काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अदानी धनाड्यहरूको शीर्ष १५ को सूचीबाट पनि बाहिरिएका छन् । फोर्ब्सका अनुसार अदानी अहिले अर्बपतिहरुको सूचीमा १७ औँ स्थानमा झरेका छन् ।  विश्वकै तेस्रो धनी व्यक्तिको सूचीबाट एकाएक १७ औं स्थानमा झर्दा उनले मात्रै सम्पत्ती गुमाएनन् । उनका कम्पनीमा लगानी गरेका लाखौ भारतीय लगानीकर्ताको सम्पत्ती पनि त्यसैगरि घटेको छ । अदानी समूहका कम्पनीहरूले एक हप्ताको अन्तरालमा नै लगभग १०० अर्ब अमेरिकी डलरको शेयर मूल्य गुमाएका छन् । उक्त कम्पनीहरूमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताको सम्पत्ति पनि आधा भन्दा बढीले घटेको छ ।  गत माघ ११ (जनवरी २५) मा न्युयोर्कस्थित इन्भेष्टमेन्ट रिसर्च फर्म हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता नै अदानी समूहका कम्पनीहरुको शेयर मूल्य ओरालो लागिरहेका छन् । एउटै व्यक्तीको स्वामित्वमा रहेको कम्पनीमा लगानी गर्दा हुन सक्ने जोखिम बारे उक्त घटनाले उजागर गरेको छ । नेपालमा पनि धेरैजसो कम्पनीहरूमा सिमित व्यवसायिक घरानाका व्यक्तिहरूको रजगज भएको पाइन्छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांस कम्पनीहरूमा पनि सिमित व्यवसायिक घरानाकाको नै रजगज रहेको छ । एउटै व्यवसायिक घरानाको व्यक्ति बैंक, बीमा, होटलदेखि जलविद्युत कम्पनीसम्ममा प्रमोटर भएको पाइन्छ । एउटै समूहको लगानी भएका ६ ओटासम्म कम्पनी नेप्सेमा सूचीकृत भएका छन् । कतिपय कम्पनी सूचीकृत हुने तयारीमा पनि छन् । अदानी घटनाले नेपालमा पनि एउटा प्रश्न जन्माएको छ । नेपाली व्यवसायिक घरानाको कुनै व्यक्तिको अहिले गौतम अदानीको जस्तै अवस्था भएको खण्डमा नेपाली लगानीकर्ताको अवस्था के होला ? त्यस्तो अवस्था सृजना भएमा शेयर बजार मात्र नभएर समग्र अर्थतन्त्र नै धरासाही त हुँदैन ? अहिले शेयर बजारका लगानीकर्ताबाट यस्तै जिज्ञासा सुन्न पाइन्छ । एनआईसी एशिया क्यापिटलका प्रमुख कार्याकारी अधिकृत  (सिईओ) रमेन्द्र रायामाझी नेपालमा सूचीकृत कम्पनीहरूमा नियामकले नजर राख्नुका साथै लगानी गर्नमा पनि लिमिट राख्दिएका कारण नेपाली शेयर बजारमा कुनै व्यवसायी डुब्दा बजार नै धरासायी हुने सम्भावना न्यून रहेको बताउँछन् ।  नेपाली शेयर बजार भारतको शेयर बजार भन्दा फरक र सानो भएकाले कोही डुब्दैमा आफ्नो लगानी नै डुब्ने भन्ने जोखिम म देख्दिन । यस्तै लगानीकर्ताहरूले व्यक्तिमा होईन कम्पनीमा लगानी गर्ने हो, उनले भने ।  रायामाझी भन्छन्, ‘तर लगानी गर्नु अघि लगानीकर्ता सजग हुन उत्तिकै आवश्यक छ । त्यसैले लगानी गर्नु अघि लगानीकर्ताहरूले कम्पनीको संचालक, व्यवस्थापन लगायतको बारेमा अध्ययन गर्न उत्तिकै आवश्यक छ ।’ शेयर बजारका विश्लेषक केशव कोईराला नेपाली शेयर बजारमा कुनै व्यवसायी डुब्दैमा समग्र बजार नै धरासायी हुने अवस्था नभएको बताउँछन् । भारतमा शेयर बजारमा प्रत्यक्ष लगानी गर्ने कम्पनी भएको तर नेपालमा शेयर बजारमा प्रत्यक्ष लगानी गर्ने नेप्सेमा सूचीकृत कम्पनी नभएकाले कुनै व्यवसायी डुब्दैमा बजारलाई फरक नपर्ने कोईरालाको तर्क छ । एउटा व्यपारीको असफलताले बजार नै धरासायी हुने अवस्था नेपाली बजारमा आजसम्म छैन, उनले भने ।  शेयर बजारका विश्लेषक मुक्ती अर्याल नेपालमा एउटै व्यवसायिक घरानाको विभिन्न सेक्टरका कम्पनीहरूमा लगानी भएता पनि नेपालको शेयर बजार र भारतको शेयर बजार टोटल्ली फरक भएको बताउँछन् ।  ‘भारतीय शेयर बजारमा लगानीकर्ताहरूलाई ‘शर्ट सेल’ (उधारोमा शेयर किनेर बेच्ने) लगायतका सुविधा पनि छन् । तर नेपालमा आफूसँग शेयर नभइ बेच्न मिल्ने सुविधा छैन । त्यसैले नेपालमा कोही व्यवसायी डुब्दैमा लगानीकर्ताहरूको अवस्था अडानी समूहका कम्पनीका लगानीकर्ताको जस्तो नहुन सक्छ ।’ अर्याल भन्छन्, ‘तर एउटै व्यक्तीको विभिन्न कम्पनीमा लगानी रहेको विषयमा भने लगानीकर्ता, बैंकरका साथै नियामक पनि सचेत नभएको देखिन्छ । त्यसैले उक्त विषयमा सबैजना सचेत हुनुका साथै नियामकले पनि नियमन गर्न आवश्यक छ ।’ हेर्नुहोस केही ठूला व्यापारिक घरनाको लगानी भएका लिस्टेड कम्पनीहरू

सम्बन्धित सामग्री

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

नारायणगढ (चितवन), २१ फागुन । यहाँका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवर्द्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन नहुँदा किसानको समस्या समाधान हुन नसकेको बताएका हुन् । कार्यक्रममा सहभागी किसानले कृषिलाई पर्यटन क्षेत्रसँग राज्यले जोड्न नसक्दा […]

नेपालमा लगानी भित्र्याउन आग्रह

लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हंकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको […]

मेगा क्यापिटलकाे लगानी व्यवस्थापन सेवा अब स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा (पिएमएस) अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा...

नेपालमा विदेशी लगानी सुरक्षित रहेको दाबी

महासंघका कार्यवाहक अध्यक्ष ढकालले सोमबार कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच महासंघमा सचिवालयमा भएको भेटघाट कार्यक्रममा नेपाली वैदेशिक लगानी गर्न अनुरोध गरेका हुन्...

शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन्।“एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,&r

प्रतिनिधिसभा बैठक: शेयर कारोबार सुरक्षित बनाउनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन् । ‘एक […]

‘कबड्डी ४’ले रिलिजअघि नै उठायो लगानी, विदेशबाटै दुई करोड

काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर प्रतीक्षित फिल्म ‘कबड्डी’को चौथो श्रृंखलाले रिलिजअघि नै लगानी सुरक्षित गरेको छ । बिहीबारसम्म प्रमुख विश्व बजारमा राइट बिक्रीबापत फिल्मले दुई करोड रुपैयाँ ग्रस कमाएको छ । फिल्मको लगानी झण्डै तीन करोड रुपैयाँ रहेको जनाइएको छ । निर्माता मणिराम पोखरेलले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान र […]

‘हाइड्रोपावरमा गरिएको लगानी सुरक्षित छ’

काठमाडौँ – नेपालमा पछिल्लो समय हाइड्रोपावर कम्पनी खुल्ने क्रम जारी छ। सँगसँगै यस क्षेत्रमा लगानी गर्नेको पनि ठूलै जमात छ। सेयर बजारमा लगानी गरेजस्तै हाइड्रोपावर कम्पनीमा युवापुस्ताले लगानी गर्न थालेका छन्। सेयर बजारमा गरेको लगानी कतै खेर नजाने भएकाले युवापुस्तासमेत यसमा लगानी गर्न आकर्षित भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था  (इपान)का गण्डकी प्रदेशका सचिव सुशील पोखरेल […]

सामूहिक लगानी कोष भनेको के हो ? यसमा लगानी गर्दा कति फाइदा हुन्छ ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]