काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलंका, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल […]