रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति बोनस ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको गत आवको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ १ गतेको पत्रमार्फत स्वीकृत भएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएका जीवन बीमालेखहरूमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । सार्वजनिक बोनसदरअनुसार कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले विभिन्न बीमालेखअन्तर्गत उक्त बोनसदर घोषणा गरेको हो । जसमा रिलायबल सावधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।  कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय ओटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् । त्यस्तै रिलायबल लघु सावधिक जीवन बीमा योजनाअन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । बीमा समिति लघु सावधिक जीवन बीमा योजनाको हकमा पनि कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ । त्यसैगरी कम्पनीले रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरूको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ । साथै कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँचदेखि नौ वर्ष अवधिसम्मको लागि प्रतिहजार २४ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रतिहजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ ओटा बीमालेख बिक्री गरेको छ ।  साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँचदेखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ ओटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमा योजना योजनामा कम्पनीले पाँचदेखि नौ वर्ष अवधिको लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रतिहजार ५० रुपैयाँ कायम गरेको छ । यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यो पोलिसी कम्पनीले ३ हजार ५५१ ओटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् । रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०, १२ र १४ वर्षसम्म अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नति जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रतिहजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सम्बन्धित सामग्री

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ। गत मंसिर २२ गते

रिलायबल लाइफले गर्‍यो एक करोड दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना एक बिमितलाई एक करोड दुई लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । दुई वर्षअघि ५० लाख रुपैयाँबराबरको बिमालेख खरिद गरेका प्रदीप ज्ञवालीको दुर्घटनामा मृत्यु भएपछि...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाउला ओपन रेञ्ज ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव २९ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ साउन ३१ गते बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २५७ मा कुल १ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।  कुल कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको थियो ।

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले […]

बुधवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्कासन गर्न लागेको आईपीओमा बुधवारदेखि आवेदन

नवलपरासीको अरुणखोलामा रिलायबल नेपाल लाइफको शाखा विस्तार

काठमाडौं, १८ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पुर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा आफ्नो स्थापनाको चौथो वर्षको अवसर पारी नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्धघाटन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजेन्द्र पौडेलले गरेका हुन् । कार्यक्रममा संस्थाका क्षेत्रीय प्रवन्धक पौडेलले रिलायबल नेपाल लाइफ […]

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ । हालको विषम परिस्थतिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने जनाएको छ । सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । […]

रिलायबलद्वारा हालसम्मकै उच्च ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हालसम्मकै उच्च बीमा दावी भुक्तानी गरेको छ ।कम्पनीले रिलायबल सुलभ जीवन बीमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएकोमा एक कार्यक्रमका बीच उनकी श्रीमती परु देवि पन्तलाई ४ करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताए । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण प

रिलायबल लाइफले भुक्तानी गर्‍यो ४ करोड रुपैयाँ मृत्यु दावी रकम

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी रकमवापत ४ करोड रुपैयाँ भुक्तानी गरेको छ।

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिनेछ ।