इलाम : माइजोगमाई गाउँपालिका–४ मा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया दिलमा राई रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति करिव पौने ११ बजे घर नजिकैको जंगलमा रहेको खिर्राको रुखमा रहेको अरिङगाल झार्न छोरा र छिमेकीसहित गएकी राई रुखमा चढेको अवस्थामा अरिङगालले टोकेपछि लडेको थिइन्।
...