विगत दुई वर्षदेखि अवरुद्ध कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभीए प्रसारण लाइन विस्तार गर्न बाटो खुलेको छ । प्रसारण लाइनको टावर निर्माण गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको १७५ रोपनी जग्गा प्रयोगमा आउँछ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रफल बराबरकै जग्गा सट्टाभर्नाबापत दिने भएपछि प्रसारण लाइन विस्तारका सबै अड्चन हटेको हो । ‘निकुञ्जअन्तर्गतको जग्गा प्रयोग गरेबापत अर्को स्थानमा जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भएको छ,’ प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियात यादवले बताए ।
सुर्खेत । रूख कटानमा ढिलाइ हुँदा कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रूख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाइ गर्दा निर्माणको कामले गति लिन नसकेको हो ।
आयोजना कार्यालयले गत जेठमा पठाएको रूख कटान सम्बन्धी प्रस्ताव करीब ७ महीनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लगाइसकिएको बताए । रूख कटानमा ढिलाइ नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने उनको भनाइ छ । ‘मन्त्रालयमा फाइल अड्किरहेको छ,’ उनले भने, ‘मन्त्रालयबाट रूख कटानका लागि स्वीकृति नआएसम्म अरू काम अगाडि बढाउन सकिँदैन ।’ अन्य स्थानमा रूख कटान भएपछि मात्रै टावर निर्माण गर्न सकिने उनको भनाइ छ । संघीय मन्त्रिपरिषद्को बैठकले रूख कटानका लागि स्वीकृति दिएपछि मात्रै रुख काट्न बोलपत्र आह्वान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरू हुने उनले बताए ।
उनका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ ओटा रूख काट्न कार्यालयले अनुमति मागेको छ । यद्यपि, आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा डबल सर्किटका १६० टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले बताए । तीमध्ये १३० ओटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० ओटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ ।
सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान हुनेछन् । आयोजनाको प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार ८२०, बर्दियामा ३ हजार ३२० र बाँकेमा २ हजार ९१६ ओटा रूख कटान हुनेछ ।
कोहलपुर–सुर्खेत् विद्युत प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रूखको संख्या ९ महीनाअघि नै सार्वजनिक गरेको थियो । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रूख कटानका लागि प्रक्रियामा ढिलाइ हुँदा काम नै प्रभावित भएको छ । गतवर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि कम्पनीले करीब १४ महिनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो । १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको भए पनि त्यो अपर्याप्त छ ।
सुर्खेत । सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिक विद्युत् नियमित आपूर्ति नहुँदा थप समस्यामा परेका हुन् ।
पटकपटक बत्ती गइरहने र आए पनि कम भोल्टेजले उपभोक्तालाई सास्ती भएको छ । वीरेन्द्रनगरका सोनेलाल सुनार अलिकति हावाहुरी चल्नेबित्तिकै बत्ती जाने गरेको बताउँछन् । ‘अघोषित लोडशेडिङले उपभोक्ताले सास्ती खेप्दै आएका छन्,’ उनले भने ।
लोडशेडिङ नभए पनि छिनछिनमै विद्युुत् जाने समस्याले उपभोक्ता मात्र होइन, विद्युत् प्राधिकरणका कर्मचारीसमेत आजित छन् । ‘कतिबेला विद्युुत् आउँछ, कतिबेला जान्छ, पत्तै हुँदैन,’ वीरेन्द्रनगर–१० का श्यामभक्त आचार्यले भने, ‘विद्युुत् प्राधिकरणले न उपभोक्तालाई विद्युुत् जाने सूचना दिन्छ न आउने जानकारी नै ।’ विद्युुत् नियमित नहुँदा सरकारी कर्मचारी र सञ्चारकर्मीलाई पनि समस्या भएको छ ।
३३ केभीएको कोहलपुुर स्टेशनबाट धेरै ठाउँमा विद्युुत् वितरण भएकाले आपूर्तिमा समस्या आउने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् । विद्युत् वितरण केन्द्रका अनुसार कोहलपुुरबाट सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुुरानो भएकाले पनि समस्या हुुने गरेको छ । ‘नयाँ १३२ केभीए लाइन नबन्दासम्म यो समस्या यस्तै भइरहनेछ,’ विद्युत्का एक कर्मचारीले भने, ‘पुरानो विद्युत् वितरण संरचना भएकाले प्राविधिक समस्या आउँदा विद्युत् काट्नुपरेको हो ।’ नयाँ ट्रान्सफर्मर जडान गर्दै गरेको र सडकमा काम भइरहेकाले केही दिनयता बत्ती अलि बढी जाने आउने भएको उनको भनाइ छ ।
सुर्खेतका साथै जाजरकोट, दैलेख, सल्यान र पश्चिम रुकुुमको कुुनै पनि ठाउँमा वितरण प्रणालीमा कुुनै खराबी आए सीधै कोहलपुुर स्टेसनबाटै विद्युुत् बन्द हुुने गरेको छ । यी पाँच जिल्लाका बासिन्दा अघोषित लोडशेडिङको मारमा छन् । कतिपय अवस्थामा मर्मतमा ढिलाइ हुुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुुने गरेको विद्युत् प्राधिकरणको भनाइ छ । पछिल्ला दिनमा सुर्खेत, दैलेख, जाजरकोटमा दैनिक २०औं पटकसम्म विद्युुत् अवरुद्ध हुुने गरेको छ ।
उपभोक्ता साँझपखको कम भोल्टेजका कारण थप समस्या भोग्न बाध्य छन् । सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि सुुर्खेतको सुुब्बाकुुनामा विद्युुत् वितरण स्टेसन बनाउने तयारी गरेको बताइए पनि विगत ७ वर्षदेखि कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारको काम अहिले पनि प्रक्रियामै रहेको बताइएको छ । कर्णाली प्रदेशमा आउने विद्युत् प्रसारण लाइनको केन्द्रविन्दु अब सुर्खेतमै बनाउनुपर्ने उपभोक्ताको माग छ ।
१६ साउन, कर्णाली (सुर्खेत) । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको खबर ! कोहलपुर-सुर्खेत १३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ …