२०८० सालको अन्तिममा वा २०८१ सालको सुरुवातमा फोर्थ जेनेरेशनको कोर आई फाइभ कम्प्युटरको मूल्य कति पर्ला ? डेलको ब्राण्डेड कम्प्युटर प्रयोग गरी त्यसमा ४ जिबीको ग्राफिक्स कार्ड राखेर हुने कूल मूल्य कति होला ?कम्प्युटरमा फोर्थ जेनेरेशन प्रोसेसर भन्नाले सन् २०१४ मा बनेको प्रोसेसर भन्ने बुझिन्छ । हालकै मूल्य हेर्ने हो भने फोर्थ जेनेरेशनको डेलको ब्राण्डेड कोर आइ फाइभ कम्प्युटरको बजार मूल्य एलइडी मनिटरसहित करिब ४० हजार रुपैयाँमा पाउन सकिन्छ । त्यसमा ४ जिबीको ग्राफिक्स कार्डलाई २० हजार रुपैयाँ थप्ने हो भने