कोरोना संक्रमण घट्दै गएको भन्दै काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने तयारी गरिएको छ ।
यसका विषयमा निर्णय गर्न आइतवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतवार बसेको बैठकले यातायातमा लगाइएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको बताइएको छ ।
कोरोनाको समग्र अवस्थाबारे छलफल हुने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । ‘सीसीएमसी बैठकको सिफारिस अह...