लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- विश्वासको मत लिएर अगाडि बढ्छौं

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका ८ दलले मुख्यमन्त्री लीला गिरीलाई हटाएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गरिरहेका बेला मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्ने संविधानमै व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढ्ने बताएका छन् । आज दाङको तुलसीपुर उपमहानगरपालिकाको व्यापारिक भवनको शिलन्यास कार्यक्रममा मुख्यमन्त्री गिरीले आफूले कानुनी आधारमै रहेर अगाडि बढ्ने बताएका […]

सम्बन्धित सामग्री

सरकारमा हाम्रो दावी रहन्छ : मुख्यमन्त्री गिरी, हामी पर्खिइरहेका छौँ : चौधरी

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाए पनि उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा आफ्नो दावी रहने बताएका छन्।उनले अब संविधानको धारा १६८ को उपधारा ३ अनुसार जाने प्रक्रियाबाहेक अरु कुनै बाटो नभएको बताए। उनले भने,‘संविधानको धारा १६८ को ३ अनुसार अबको व्यवस्था हो। अझै त्यस्तो निर्णय केही भएको छैन। अब प्रदेश प्रमुखले के भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हो। अहिले २ अनुसारको सरकार अल्पमतमा परिसकेपछि अब ३ अनुसार जाने प्रक्रियाबाहेक अरु कुनै बाटो छैन।’मुख्यमन्त्

नयाँ सरकार बनाउन कांग्रेस र एमालेको दाबी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ। संविधानको धारा १६८ को (२) बमोजिम नेकपा (एमाले) नेतृत्वमा गत पुस २ गते बनेको सरकारले संसद्बाट विश्वास गुमाएपछि गिरी नेतृत्वको सरकार ढलेको हो। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अर्को व्यवस्था नभएसम्मका लागि कामचलाउ सरकारका रूपमा काम गर्न मुख्यमन्त्री गिरी नेतृत्वको सरकारलाई तोक्नुभएको छ। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र एमाले दुवैले दाबी गरेका छन्। एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अब लुम्बिनी प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले एमालेले नै सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले धारा १६८ (२) अनुसार बनेको सरकार अल्पमतमा परेकाले अब धारा १६८ (३) अनुसार नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो। उहाँले १६८ (२) अनुसारको सरकार ढलेकाले अब १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतले नयाँ सरकारको नेतृत्व पनि एमालेले गर्ने दाबी गर्नुभयो।