बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन