मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।