कर्णाली प्रदेशसभाको आर्थिक वर्ष २०७८/७९ का लागि शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल जारी छ । छलफलमा १० प्रदेशसभा सदस्यले भागलिँदै आफ्ना धारणा राख्नुका साथै सुझाव दिए । छलफलमा भागलिँदै प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आयस्रोत बढाउने र पूर्वाधार निर्माणका योजनामा जोड दिने बजेट ल्याउने गरी सरकारले सोच्नुपर्ने बताए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्ष पुगरे बजेटमा आफ्ना कार्यक्रम समेट्न मागपत्र पेश गरेको बताउँदै नेता कँडेलले छलफलको क्रममा प्रदेशसभासमेत १९ बुँद...