काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैलेपनि निर्वाचन र उमेदवारहरूबारे मिथ्या सूचना, चरित्र हत्यालगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुने बताए ।
उनले लोकतन्त्रको आडमा कसैको...