रौतहट– मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर […]