सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी स्थितिमा सुधार गर्ने उद्देश्यसहित सरकारले यसको रणनीतिलाई अन्तिम रूप दिएको छ । अर्थमन्त्रीले अध्यक्षता गर्ने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको बुधबार बसेको पहिलो बैठकले उक्त रणनीतिको मसौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि उक्त रणनीति कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ ।