मोटाउनु भयो ? नुन हुनसक्छ कारण नेपाली पिरो, अमिलो र नुनिलो सबै मिलेका परिकार खान धेरै रुचाउँछन् । नुनविनाको परिकार नेपालीको भान्सामा पाउन मुस्किल नै हुन्छ । नुन हामो शरीरलाई आवश्यक पर्ने तत्व भए पनि धेरै सेवन गर्दा भने हानिकारक नै हुन्छ । स्वास्थ्य विशेषज्ञहरू नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ...