धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनी रानालाई उछिनेका छन्।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन्।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन्।