नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । तर, परिस्थितिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदियो । अब, देउवाको चुनौती ठुलो छ ।तीन–चारवटा ब्लकलाई लिएर गठबन्धन बनाउनुभएको छ । प्रचण्ड नेतृत्वको माओवादीको एउटा ब्लक, उपेन्द्र यादवको अर्को मधेसवादी ब्लक, एमालेभित्रकै झलनाथ–माधव समूह र आफ्नै पार्टीभित्रका दुई–तीनवटा ब्लक । यी सबै ब्लक र यसबाट उत्पन्न भएको परिस्थितिअनुसार उहाँले आज प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।तर, उहाँले यी ब्लकहरूलाई व्यवस्थापन गरेर जानुप