नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड ७० लाख रुपैयाँमा बिक्री गरेको जनाएको छ ।