विपक्षी दलको बैठकपछि प्रचण्ड–नेपाल छलफलमा

काठमाडौं । विपक्षी दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विपक्षी ५ दलको बैठकलगत्तै अध्यक्ष प्रचण्ड, नेता नेपालसहित नारायणकाजी श्रेष्ठ, भीम रावल र दिनानाथ शर्मा छलफलमा जुटेका हुन् ।यसअघि ५ दलको बैठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरको छ ।

सम्बन्धित सामग्री

टीआरसी विधेयकमा निरन्तर छलफल गर्ने शीर्ष सहमति

८ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा निरन्तर छलफल गरेर टुंगोमा पुग्न प्रमुख तीन राजनीतिक दलका प्रमुख तीन नेता सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख […]

विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न नखोजियोस् : विपक्षी दल

काठमाडौं : राष्ट्रियसभाबाट उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई पारित गर्ने प्रक्रियाप्रति प्रतिनिधिसभामा विपक्षी दलले विमति जनाएका छन्। यो विधेयकलाई संसदीय समितिमा छलफलमा नपठाई फास्ट ट्र्याकमा संसदबाटै पारित गर्न खोजिएको भन्दै विपक्षी दलले आपत्ति जनाएका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले चुनावपछि आएको नयाँ प्रतिनिधिसभाले एउटा पनि कानुन बनाउन नसकेको अवस्थामा छिटो छरितो काम गर्नुपर्ने भए पनि पर्याप्त छलफल हुन नसकेको भ

अर्थमन्त्रीको जवाफमा एमाले असन्तुष्ट, संसदीय छानबिनको अडान

३१ जेठ, काठमाडौं । मंगलबार प्रतिनिधिसभामा अर्थसहित १० वटा मन्त्रालयका लागि विनियोजित बजेटको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरे । सभामुख अग्निप्रसाद सापकोटाले पार्टीको धारणा राख्न एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई समय दिए । पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले बजेट […]

चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्यायो : एमाले

२७ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका चौधरीले […]

एमालेलाई अर्थमन्त्रीको जवाफ : ५ महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् । बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको सरकारले वार्षिक बजेट ल्याउनु नहुने धारणा राखेका थिए । उनीहरुले पाँच महिना आयुको सरकारले वार्षिक […]

एमालेको सबै मागमा छलफल गर्न देउवा तयार

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका छन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा उनले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा […]

सभामुख सापकोटाले बोलाए संसद अवरोध अन्त्य गर्न शीर्ष नेताको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका हुन् । आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार […]

सर्वोच्च जानुअघि सिंहदरबारमा विपक्षी दल प्रारम्भिक छलफलमा

काठमाडौं । विपक्षी गठबन्धन राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध  सर्वोच्च जाने विषयमा प्रारम्भिक छलफलमा जुटेको छ । शनिबार अपरान्ह साढे ४ बजेपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भइरहेको छ  । त्यसको संयोजन काँग्रेस केन्द्रीय सदस्य तथा कानुनी विषयका जानकारी रमेश लेखकले गरिरहेका छन् ।बहुमत सांसदहरुले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा तयारी ग