साउन दोस्रो सातासम्म कृषियोग्य जमिनको ८६ दशमलव ३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। सिँचाइको समस्या र रासायनिक मलको अभावले रोपाइँ कम भएको हो।रुस–युक्रेन तनाव लम्बिँदै गएको कारण विकासशील र विकासोन्मुख मात्र नभई अति विकसित मुलुकमा समेत मूल्यवृद्धि, ऊर्जा संकट, खाद्यान्न अभावलगायत समस्या आउन थालेको छ। युरोपियन युनियन, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रमले खाद्य संकट निम्तन सक्ने चेतावनी दिइसकेको छ। सन् २००८ को विश्व आर्थिक मन्दीभन्दा जटिल अ