विवादमा एमालेको लोगो : माओवादीले दावी विरोध गर्ने

नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए ।‘यसमा दावी विरोध गर्न सकिन्छ । हामी छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौ’, गुरुङले रातोपाटीसँग भने,‘समान्यतया अर्को पार्टीको चुनाव चिन्ह राख्न पाइँदैन । निर्वाचनसम्बन्ध

सम्बन्धित सामग्री

माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। माओवादीले पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्न लागेको पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरेको हो। सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने महराको भनाई छ।

एमालेकाे लोगोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ। माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो। एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो। त्यसमा माओवादीले आपत्ति जनाएको छ। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। एमालेको नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको थियो। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो राखिएको छ।&nb

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

काठमाडौँ । नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ। असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेसँगै माओवादीले आपत्ति जनाएको हो ।