माओवादी केन्द्रद्वारा राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। माओवादीले पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्न लागेको पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरेको हो। सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने महराको भनाई छ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रकाे प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले लोगो सार्वजनिक गर्नुभएको हो ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो ११ गतेदेखि काठमाण्डाैमा सुरु हुँदैछ । लोगोमा 'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि' ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन लेखिएको छ । सम्मेलनमा एक हजार पाँच सय ३३ प्रतिनिधि सहभागी हुने पनि प्रवक्ता महराले जानकारी...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन आयोगले वैशाख २० गते स्थानीय तहको चुनाव गर्ने तयारी गरेको छ। माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। कांग्रेसको प्रदेश २ को अधिवेशनमा दुई समूहबीच झडप भएको छ। माओवादी केन्द्र प्रदेश १ मा पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा विज्ञापन खुलाएको छ। नेप्से परिसूचक ९२.१६ अंकले बढेको छ।