कोरोना भाइरस संक्रमणका कारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका भएका थप दुईजना संक्रमितको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–३ दाङका ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ४५ वर्षीय पुरुषको उपचार गराउँदा गराउँदै भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
फोकल पर्सन ओलीका अनुसार दाङका ४० वर्षीया महिलालाई भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई त्यसै दिन उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा गत राती ८ बजे मृत्यु भएको हो ।