सरकारले न्यूनतम पारिश्रमिक, बैकिङ भुक्तानी प्रणाली र सामाजिक सुरक्षा योजना कार्यान्यन भए-नभएको जानकारी लिन देशभरका सवै विद्यालयको अनुगमन गर्ने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शिक्षक कर्मचारीको न्यूनतम परिश्रमिक लागू, बैकिङ भुक्तानी प्रणाली र सामाजिक सुरक्षा योजना सूचीकरणजस्ता मुख्यतीनवटा विषयलाई केन्द्रित गरेर अनुगमन गर्न लागेको हो ।
असोजसम्म सामाजिक सुरक्षा योजना, न्यूनतम पारिश्रमिक कार्यान्वयन र तलब बैकिङ माध्यमबाट भुक्तानी नगर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन लागिएको छ ।