२१ असोज, काठमाडौं । अष्ट्रेलियाका लागि फ्रान्सका राजदूत आफ्नो काममा फर्किएका छन् । फ्रान्सले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस) मा आपत्ति जनाउँदै अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो । अकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले यसअघि फ्रान्ससँग भएको पनडुब्बी खरिदको सम्झौता रद्द गरेको थियो । यसै विषयमा फ्रान्सले आपत्ति जनाएको हो । फ्रान्सले उक्त […]