काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी परिवर्तित र एकता प्रक्रियासहित २०७५ जेठ २ मा फर्किएको बताएका छन्। बिहीबार काठमाडौं जिल्ला कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यदलको १० बुँदे सुझावलाई यिनै मान्यताका साथ पार्टी केन्द्रले ग्रहण गरेको दाबी गरे । १० बुँदे सुझाव कार्यान्वयन गर्नका लागि नेतृत्व प्रतिवद्ध छ, पोखरेलले भने, ‘तर अब विकसित र परिवर्तित एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ। जेठ २ को कुरा यान्त्रिक ढंगले मात्रै बुझियो भने गलत हुन्