बलिउडको हिट फिल्ममा पर्छ ‘हेराफेरी’ र ‘वेलकम’ । दुई सिक्वेल रिलिज भएर दर्शकको माया पाउन सफल यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षामा दर्शक छन् ।‘हेरा फेरी’ मा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल देखिएका थिए, भने ‘वेलकम’ मा अनिल कपुर र नाना पाटेकरले ग्याङ्गस्टर बनेर मानिसको मन जितेका थिए । अब यी दुई फिल्मको तेस्रो पार्ट बन्ने छ । जानकारीका अनुसार निर्माता फिरोज नाडियाडवालाले ‘हेराफेरी ३’ र ‘वेलकम ३’ को तयारी गरिसकेका छन