१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ ।