राप्रपा नेपालका महामन्त्री बर्तौला भन्छन्– निर्मल निवास फोहोरी खेलमा लिप्त छ, नरोके देशका लागि प्रत्युत्पादक बन्दै छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवास राजनीतिक फोहोरी खेलमा सक्रिय भएको आरोप लगाएका छन् । सोमबार बाँकेको नेपालगञ्जमा बोल्दै उनले निर्मल निवासको इसारामा राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा विभिन्न शक्ति लागेको बताए ।   अगुवा कार्यकर्ता भेटघाटमा बर्तौलाले साझा र अभिभावक राजाको रुपमा बस्ने स्वभाव...

सम्बन्धित सामग्री

ढोक्सो थाप्दै कमल थापाः पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिने प्रयास

पूर्वराजा ज्ञानेन्द्र शाहसँग टाढिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेरी उनकै शरण खोजेको संकेत गरेका छन् । अघिल्लो वर्ष सम्पन्न महाधिवेशनमा राप्रपा अध्यक्षमा पराजित भएपछि आफूलाई हराउन निर्मल निवास लागेको आरोप लगाउँदै ...

निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक : महामन्त्री बर्तौला

नेपालगन्ज । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेल जारी रहेको बताएका छन् । उनले नेतृत्वलाई कमजोर बनाउन शक्ति र व्यक्तिहरू अझै षड्यन्त्रपूर्वक योजनाबद्ध रूपमा लागिरहेको आरोप लगाएका हुन् । बाँके जिल्लाको नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले साझा र अभिभावक राजाको रूपमा बस्ने स्वभाव […]

‘राजाले मलाई छाडेका हुन्, मौका पाएँ भने ज्ञानेन्द्रसँग सोध्नेछु’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियोमार्फत भनेका छन् । उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ

राप्रपा बैठक : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग

काठमाडौँ– राप्रपाको एकता महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठकमा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिनको माग भएको छ । बुधबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले महाधिवेशनमा निर्मल निवास (पूर्व राजा ज्ञानेन्द्र शाह) ले हस्तक्षेप गरेको भन्दै छानबिनको माग गरेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा निवर्तमान अध्यक्ष कमल थापा पक्षधर केन्द्रीय नेताहरुले यस्तो […]

कमल थापा र पूर्वराजा ज्ञानेन्द्रको त्यो गोप्य भेट !

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले यतिबेला आफूविरुद्ध ‘निर्मलनिवासले खेलेको’ गुनासो गरिरहेका छन् । राप्रपाको महाधिवेशन शुरु हुनुअघि नै रातोपाटीलाई लिएको अन्तरवार्तामा उनले ‘निर्मल निवासले नखेलोस्’ भनेर सचेत गराइसकेका थिए । महाधिवेशनपछि प्रश्न उठेको छ, आखिर राप्रपामा निर्मल निवासले खेलेकै हो त ?राप्रपामा निर्मल निवासले खेलेको विषयमा चर्चा गर्नुअघि राप्रपाको महाधिवेशन शुरु नहुँदै पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा नेता कमल थापाबीच भएको भेटवार्ताको

निर्मल निवासको सक्रियताले मात्र हारेका हुन् कमल थापा ?

पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सकिएलगत्तै पछिल्लो समय शान्तप्रायः रहँदै आएको निर्मल निवास विवादमा तानिएको छ । पूर्वराजा ज्ञानेन्द्रको निवासलाई विवादमा तान्ने काम गरेका छन्, राप्रपा अध्यक्षमा पराजित कमल थापाले ।  शनिवार भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै कमल थापाले निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाइदिए ।  यतिमात्र होइन, थापाले हिमानी शाहको नाममा खोलिएको ट्वीटर ह्याण्डलबाट राजेन्द्र लिङ्देनलाई दिइएको बधाईको पनि खिल्ली उडाएका छन् ।  प्रतिनिधि सभामा...