राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेर आफूलाई भित्तामा पुर्याउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
आइतवार ध्यानाकर्षणपत्र लेख्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु,’ पत्रमा लेखिएको छ ।
थापाले मंसिर २७ गते पत्र लेख्दै महाधिवेशनमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह)को हस्तक्षेप भएको भन्दै छानबिन गर्...