बैतडी : सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग २ दिनपछि सञ्चालनमा आएको छ। बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडकमाथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो। लगातारको वर्षाका कारण खुलाउन समस्या भएकोमा वर्षा कम भएपछि स्काभेटर र जेसिवीको सहायताले बुधबार दिउँसो साढे २ बजेपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।सडकमाथिब