प्रहरीले पश्चिम नवलपरासीमा ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । भन्सार छलेर सिमावर्ती नाकाबाट भारततर्फ निकासी गर्न लागिएको आशंकामा प्रहरीले जिल्लाको परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट बरामद ७ सय ३० क्विन्टल केराउ बरामद गरेको हो ।
काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् ।
बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो ।
मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको हो । उक्त ट्याक्टरबाट...
प्रहरी नायब निरीक्षक (सई)ले सेटिङ गरेको केराउ तस्कर प्रहरी जवानले समाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले हिजो राती साढे १२ बजे गुलरिया नगरापालिका–१० बिनोद बर्माको मिल अगाडिको जमिनमा भन्सार छली गरेर लैजादै गरेको १ सय ६८ क्विन्टल केराउ बरामद गरेको थियो ।
त्यो भारत लखनउ रुरुक्पुरका व्यापारी गुड्ड खानले सेटिङ मिलाएर लैजादै थिए ।
सई विष्णु गिरी यस अघि रुपडिया नाकामा बसेका कारणले गुड्ड खानसँग राम्रो सम्बन्ध थियो ।
उनीहरुले आफुहरुले गरेको सेटिङ कसैलाई नभनिकन हिजो (भदौ ३) गते राती आ...
बर्दिया । बर्दियामा भन्सार छलेर भारत लैजादै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद गरेको छ । गुलरिया नगरपालिका-१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको हो । भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने […]
परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट भन्सार छलेर भारततर्फ निकासी गर्न लागिएको आशंकामा बिहीबार प्रहरीले ७ सय ३० क्विन्टल केराउ बरामद गर्यो । जसको बजार मूल्य करिब एक करोड रुपैयाँ बराबर थियो । केही दिनअगाडि सोही क्षेत्रका विभिन्न सीमाबाट प्रहरीले करिब २२ लाख रुपैयाँको केराउ बरामद गरेको थियो ।
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।
६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।
सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...