काठमाडौँ–सरकारले आगामी मंसिरमा घोषणा गरेको मितिमा चुनाव गराउन निर्वाचन आयोग सक्षम रहेको आयोगले जानकारी दिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले यस्तो बताएका हुन् । ‘१०७ दिन आयोगलाई समय छ,’ उनले भने, ‘आयोग यो समयमा निर्वाचन गराउन पूर्ण सक्षम छ ।’...